FAQs Complain Problems

कमलामाई नगरपालिकाको अनुरोध

यस कमलामाई नगरपालिकाबाट सामाजिक सुरक्षा परिचय पत्र प्राप्त व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने तथा गत आ.व.मै ७० वर्ष पुगेका सवै व्यक्तिले सोही परिचयपत्रको आधारमा उपचार खर्च समेत राष्ट्रिय वाणिज्य बैंक बाट प्राप्त गर्न सक्नुहुनेछ।

यस कमलामाई नगरपालिकाको नगरक्षेत्रमा विजयादशमी, शुभ दिपावली र छठ जस्‍ता चाडपर्वको समयमा नगरको सरसफाई सहित मानव र यातायात आवागमनमा सहजीकरणको लागि फुटपाथ र सडक पेटीमा राखेका मालसामान तत्‍काल हटाउन र विक्री वितरण गर्ने कार्यमा रोक लगाउन आवश्‍यक सहयोग गरी दिनु हुन अनुरोध छ ।