FAQs Complain Problems

महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई कमलामाईमा स्वागत

कमलामाई नगरपालिकाका नगरप्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यूलाई एतिहासिक स्थल कमलामाई नगरपालिकामा स्वागत गर्नुभएकाे छ ।

स्वागत कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुखद्धारा महारथी प्रधान सेनापति पूर्णचन्द्र थापाज्यू र कार्यरथी उपरथी सुरेश कार्कीज्यूलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे छ । त्यस्तै महारथी प्रधान सेनापतिज्यूद्धारा पनि कनपाका नगर प्रमुखज्यूलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे छ ।

छाेटाे भेटघाटकाे कार्यक्रममा महारथी प्रधान सेनापतिज्यूद्धारा नगरमा स्थापना गरिएकाे सि.सि सर्भिलियन्स एण्ड माेनिटरिङ्ग रुम र कनपा पार्ककाे अवलाेकन गर्नुभएकाे छ ।

माहामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यूवाट भाेलि हुने सिन्धुलीगढी युद्धसंग्रहालयकाे समुद्घाटन कार्यक्रमकाे लागी महारथी प्रधान सेनापतिज्यू आज कमलामाई नगरपालिकामा आउनुभएकाे छ ।