FAQs Complain Problems

सिन्धुलीगढी युद्ध संग्रहालयकाे राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन

१३ श्रावण

नेपाली सेनाद्धारा नवनिर्मित सिन्धुलीगढी युद्ध संग्रहालयकाे माहामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समुद्घाटन भएकाे छ । 

उक्त कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री मा. ज्ञानेन्द्र बहादुर कार्की,  महारथी प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रतिनिधि सभा सदस्य मा. गणेश कुमार पहाडी, कार्यरथी उपरथी सुरेश कार्की, प्रदेश सभा सदस्यहरु, कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्री, सिन्धुली जिल्लाका प्र.जि.अ. सुरेश न्यौपाने,  कनपाका उप प्रमुख मञ्जु देवकाेटा, नेपाली सेनाका प्रतिनिधि, कनपाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष जाेडिएका व्यक्तित्वहरु, सिन्धुली कला घर, पत्रकार, वुद्धिजिवि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज  र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने वीर गोर्खाली याेद्धा काजी वंशीराज पाण्डे,श्रीहर्ष पन्त ,वंशी गुरुङ र खजाञ्जी वीरभद्र उपाध्यायको र  अंग्रेज सेनाहरुकाे शालिक  राखिएको छ । संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ र संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएकाे छ । त्यस्तै तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रह गरिएकाे छ ।

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २४ सयको संख्यामा रहेको अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएका थिए । गोर्खाली फौजको नेतृत्व वंशु गुरुङले गरेको इतिहासमा उल्लेखनिय रहेकाे छ ।

 

 कमलामाई नगरपालिका सिन्धुलीको सहकार्यमा नेपाली सेनाद्धारा करिब रु ८ करोड  लगानीमा युद्ध सङ्ग्रहालयको निर्माण गरिएको हो ।