FAQs Complain Problems

२५५ औँ सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ सम्पन्न

आज मिति २०७९ कार्तिक २४ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यूको अध्यक्षतामा २५५ औँ सिन्धुलीगढी विजयोत्सव, सिन्धुलीगढीमा भव्यताका साथ सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा नेपाली सेनाको विषेश सहयोग र सिन्धुली कलाघरका कलाकारहरुको पञ्चेबाजका साथ नगर प्रमुखद्धारा विजय स्तम्भमा माल्यार्पण गर्नुभएको थियो।त्यसपछि ठुलोगढीमा झण्डा तोलन गरि ज्ञात अज्ञात शहिदहरुको सम्झना पश्चात कार्यक्रमको शुरुवात गरिएको थियो ।

 

उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकालद्धारा स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तै कनपाका उप प्रमुख श्री मञ्जु देवकोटाद्धारा सिन्धुलीगढीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र योगदान पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । जिल्ला समन्वय समिति सिन्धुलीका उप प्रमुख श्री शान्ता कार्कीद्धारा कार्यक्रम सफलताको कामनाका साथै आफ्नो मन्तव्य राख्नुभएको थियो । पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष श्री कष्णहरि घिमिरेद्धारा सिन्धुलीगढीको चिनारी र हरेक वर्ष सिन्धुलीगढी विजयोत्सव समारोह मनाउन पत्रकारहरुको विषेश योगदान रहेको उल्लेख गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

त्यस्तै सिन्धुलीगढी युद्धका विषेशज्ञ जेनेरल डा. प्रेम सिंह वस्न्यातद्धारा नेपाल एकिकरणका बेला बि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौ कब्जा गर्न ईष्ट ईण्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको वताउनुभयो। साथै शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन लाल जंग गुरुङ सहितको टोलीलाई उहाँहरुको पुर्खाले दिनुभएको योगदानको विषेश धन्यवाद दिदै उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानद्धारा प्रकाशन गरिएको पुस्तक वंशु गुरुङ स्मारिका २०७९ नगर प्रमुखज्युले विमोचन गर्नुभएको थियो । त्यस्तै नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलद्धारा सिन्धुलीगढीमा योगदान पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यसको स्तरोन्नती, संरक्षण र प्रवर्द्धनमा पालिकाले मुख्य भुमिका खेल्ने र यसका लागि सवैको साथ र सहयोगको आवश्यकता रहेको वताउनुहुदै कार्यक्रम समापन गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा सिन्धुली कलाघरका कलाकारहरुद्धारा नृत्य र पञ्चेवाजा सहित सिन्धुलीगढीको ईतिहासको गाथा संगितद्धारा प्रस्तुत गरेका थिए ।

 

उक्त कार्यक्रममा जि.स.स सिन्धुलीका उप प्रमुख श्री शान्ता कार्की, कनपाका उप प्रमुख श्री मञ्जु देवकोटा, वर्द बहादुर गणका गणपति श्री रमेश थापा, कनपाका प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल, जि.प्र.का सिन्धुलीका प्र.उ श्री विमलराज कंडेल, ९ नं बाहिनीका प्रतिनिधि, सिन्धुलीगढी युद्धका विषेशज्ञ श्री जेनेरल डा. प्रेम सिंह बसन्यात, उ.वा.स सिन्धुलीका विरिष्ठ उपाध्यक्ष श्री विरबल चौधरी, कनपाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष श्री कृष्णहरि घिमिरे, वन उपभोक्ता महासंघका अध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठ, शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन श्री लाल जंग गुरुङले अतिथिको आसन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रसेवक कर्मचारीहरु, पत्रकारहरु, विद्यार्थीहरु, स्थानीय तथा बाह्य पर्यटकहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम कमलामाई नगरपालिकाका कर्मचारी श्री छत्र बहादुर घिसिङ्द्धारा संचालन गर्नुभएको थियो ।