FAQs Complain Problems

स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक

मिति २०७६ साल चैत्र २८ गते कमलामाई नगरपालिकाका प्रमुख श्री खड्ग बहादुर खत्रीज्युको अध्यक्षतामा स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक वसी विभिन्न विषयमा छलफल तथा निर्णयहरु गरियो ।

 

निर्णयहरु :

१) कमलामाई नगरपालिकावाट विभिन्न मितिमा प्रकाशितसूचना अनुसार देहाय बमोजिमका योजना तथा कार्यक्रमहरुको वोलपत्र दरभाउपत्र दर्ता तथा खोल्ने अंतिम मिति २०७६/०१/१५ सम्म थप गर्ने निर्णय गरियो ।

 

क) Hybrid Lighting and Road Intelligence System of Kamalamai Municipality, Sindhuli

ख) Procurement and Supply works of Motorcycle, Kamalamai Municipality, Office of the Municipal Executives Sindhuli

ग) Procurement and Supply work of Color Iron Roofing Sheet, Kamalamai Municipality Sindhuli

घ) Procurement and Supply of Machine made Gabion Box, Kamalamai Municipality Sindhuli

 

२) संघीय सरकारले कोरोना संक्रमण रोकथाम कोषमा अधिकृत स्तर कर्मचारीहरुको ५ दिन वरावरको तलब र रा.प.अन. र श्रेणी विहिन कर्मचारीहरुको ३ दिन वराबरको तलब कट्टी गरी रकम दाखिला गर्ने निर्णय अनुसार क.न.पामा कार्यरत सम्पूर्ण अधिकृत स्तरका कर्मचारीको चैत्र महिनामा ५ दिन वराबरको तलब कट्टी र सहायका स्तर तथा श्रेणी विहीन कर्मचारीको ३ दिन वारबरको तलब सुरु स्केलमा कट्टी गरी दाखिला गर्ने निर्णय गरियो ।