FAQs Complain Problems

नवाैँ राष्ट्रिय विज्ञान दिवसकाे अवसरमा आयाेजित प्रतियाेगिता

"विज्ञान तथा प्रविधिकाे उन्नत विकास : प्रकाेप र महामारीबाट सहज निकास" भन्ने भूल नाराका साथ आज मिति २०७८ असाेज १ गते नवाैँ राष्ट्रिय विज्ञान दिवस जिल्ला समन्वय समितिकाे सभाहलमा भव्य कार्यक्रमका साथ सम्पन्न गरिएकाे छ ।

उक्त दिवसकाे अवसर पारेर कमलामाई नगरपालिकाद्धारा कनपा क्षेत्रमा नि.मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरुका लागि निवन्ध प्रतियाेगिता र मा.वि. तहमा अध्ययतरत विद्यार्थीहरुका लागि नवप्रवर्तन निर्माण प्रतियाेगिताकाे आयाेजना गरिएकाे थियाे ।

उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका नगरप्रमख श्री खड्ग बहादुर खत्रीज्यूले अध्यक्षता गर्नुभएकाे थियाे । त्यसै गरि सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेश न्याैपानेज्यूले प्रमुख अतिथिकाे आसन ग्रहण गर्नुभएकाे थियाे । यस्तै जिल्ला समन्वय अधिकारी श्री डिक बहादुर कार्की, कनपाका प्र.प्र.अ. श्री विशकसेन ढकाल, नगर शिक्षा अधिकारी श्री शंकरराज लुईटेल, शिक्षा विकास समन्वय ईकाइका इकाई प्रमुख श्री शान्तिराम पौडेलज्यूले विशिष्ट अतिथिकाे आसन ग्रहण गर्नुभएकाे थियाे ।

कार्यक्रमकाे संयाेजन कमलामाई नगरपालिका सूचना प्रविधि शाखाका ई. निर्मल लामा र कार्यक्रमकाे संचालन शिक्षा तथा युवा खेलकुद विकास शाखाका शाखा अधिकृत श्री हित कुमारी पौडेलज्यूले गर्नुभएकाे थियाे ।

निवन्ध प्रतियाेगितामा निम्न विद्यालयबाट सहभागी विद्यार्थीहरुले सान्त्वना, तृतीय, द्धितीय र प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

१. श्री जनज्याेति मा.वि. फाेस्रेटार प्रथम

२. श्री चण्डेश्वरी मा.वि. डाँडी द्धितीय

३. श्री गौमती मा.वि. माढीवजार तृतीय

४. श्री कालिका मा.वि. धमिलेजरायाेटार सान्त्वना

प्रथम स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु ६०००/-, द्धितीय स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु ४०००/-, तृतीय स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु ३०००/- र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु २०००/- का साथै प्रमाणपत्र र शिल्डहरु प्राप्त गरेकाे थिए ।

यसै गरी नवप्रवर्तन निर्माण र प्रर्दशनि प्रतियाेगितामा निम्न विद्यालयबाट सहभागी विद्यार्थीहरुले सान्त्वना, तृतीय, द्धितीय र प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

१. श्री भगवती अंग्रेजी वाेर्डिङ स्कुल प्रथम

२. श्री न्यू इङलिस अंग्रेजी वाेर्डिङ स्कुल द्धितीय

३. श्री सिद्धबावा मा.वि. पानीट्याङ्की तृतीय

४. श्री सिद्धबावा अंग्रेजी वाेर्डिङ स्कुल सान्त्वता

प्रथम स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु १००००/-, द्धितीय स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु ८०००/-, तृतीय स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु ६०००/- र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीका लागि नगद राशी रु ४०००/- का साथै प्रमाणपत्र र शिल्डहरु प्राप्त गरेकाे थिए ।