FAQs Complain Problems

योजनाहरुको रकम भुक्तानी लिन पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

योजनाहरुको रकम भुक्तानी लिन पेश गर्नु पर्ने कागजातहरु निम्न छन् :

  •     उपभोक्ता समितिको निवेदन ।
  •     योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी ।
  •     सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्यसम्पन्न प्रतिवेदन ।
  •     योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।
  •     सार्वजनिक परिक्षण फाराम ।
  •     आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
  •     अनुगमन तथा मूल्यांकन समितिको सिफारिस ।
  •     वडा कार्यालयको सिफारिस ।
  •     योजना सम्झौता तथा कार्यादेश  ।
  •     रकम खर्च गरिएका बील भरपाईहरु ।