FAQs Complain Problems

विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक (मिति: २०७७/०१/१६)

आज मिति २०७७ साल बैशाख १६ गते कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीज्युको संयोजकत्वमा स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठक बसि तपशिलका निर्णयहरु गरियो ।

१. कमलामाई नगरपालिकाको वार्षिक कार्यक्रममा समावेश भएको शसर्त अनुदानको Sanitary Pad खरिद गरि सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययन गर्न छात्राहरुले प्रयोग गर्ने गरि वाढ्नको लागि विविध कारणवस मिति २०७६/१२/१७ गतेको नगरकार्यपालिकाको कार्यलय वैठकवाट खरिद प्रकृया रद्द गरिएकोमा Sanitary Pad खरिद प्रकृया e-bidding मार्फत खरिद प्रकृया अगाडि बढाउने निर्णय गरियो ।

२. कमलामाई नगरपालिका मार्फत आ ब ०७६/०७७ मा सन्चालन गरिने विकास निर्माणका कार्यहरु  मध्ये लकडाउनको कारण निर्माण रोकिएका योजनाहरु सामाजिक दुरि लगायत अन्य आवश्यक सजगता अपनाई सुचारु गर्ने ।

३. कमलामाई नगरपालिका क्षेत्र भित्र मासु जन्य उत्पादन खास गरि अण्डा तथा कुखुराको चल्ला माग अत्याधिक भएकाले यी चिजहरु आवश्यक सजगता र सतर्कता अपनाई नगरपालिका क्षेत्रमा ल्याई विक्रि वितरण गर्न पाउने ।