FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता/बृत्तिका लागि निवेदन

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा सेवा केन्दका वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा सेवा केन्द
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र, पासपोर्ट साईजको फोटो २ प्रति
  • जेष्ठ नागरिकलाई अर्को आगामी आर्थिक बर्षको फागुन मशान्त भित्रमा उमेर पुरा भएको हुनुपर्ने(दलित ६०, अन्य ७० बर्ष)
  • एकल महिलाको हकमा ६० बर्ष पुरा भै निर्देशिका बमोजिम सर्त पुरा गरेको हुनुपर्ने(अविवाहित भएको सर्जमिन मुचुल्का वा सम्बन्ध विच्छेदको प्रमाण पत्र)
  • विधवा महिलाको पतिको मृत्यु दर्ताको प्रमाण
  • अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र (रातो वा निलो), पुर्ण अपाङ्गका लागि संरक्षक, नागरिकता र १ प्रति फोटो, नागरिकता/जन्मदर्ता
  • दलित बालवालिकाका लागि जन्म दर्ता प्रमाण पत्र, अभिभावक/संरक्षकको नागरिकता र १ प्रति फोटो